गाडी उत्पादन गर्ने कम्पनीलाई अन्तःशुल्क र भन्सारमा छुट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले नेपालमै विद्युतीय कार उत्पादन गर्ने कम्पनीलाई सहुलियत घोषणा गरिएको छ । उत्पादक कम्पनीले गरेको कमाइमा ५ वर्षसम्म ४० प्रतिशत आयकरमा छुट दिने समेत घोषणा गरेको छ ।

त्यसैगरी कम्बस्चन इन्जिन भएका कार एसेम्बल गर्ने कम्पनीलाई ५० प्रतिशत अन्तःशुल्क र २५ प्रतिशत भन्सार शुल्कमा छुट दिने घोषणा भएको छ । साथै, इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनीलाई १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

साथै, जुन सुकै चार पाङ्ग्रे गाडी किन्ने अनिर्वाय प्यान नम्बर लिएको हुनु पर्ने व्यवस्था गरिएको छ ।


Back_to_top