फ्लाइओभर र सुरुङका लागि ५ अर्ब ६३ करोड, रेलमार्गका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी वर्षका लागि फ्लाइओभर, इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नागढुँगा-नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गरिनुका साथै सिद्धबाबा सुरुङमार्ग मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लिइएको बताए।

ग्वार्को चोकमा फ्लाईओभर निर्माण सम्पन्न गरेर यातायात सञ्चालन हुनेछ । कोटेरश्वरमा इन्टरेक्सन निर्माण थाल्ने योजनामा जापान सरकारको सहयोगमा इन्टरसेक्सन निर्माणका काम सुरु गर्ने योजना रहेको छ ।

रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।


Back_to_top