राेयल इन्फिल्डले ल्याउँदै दुई अफरोड बाइक, ९ दिनपछि सार्वजनिक हुने

रोयल इनफिल्डले बुलेट ट्रायल बाइक मार्च २६ मा सार्वजनिक गर्ने भएको छ । पछिल्ला दिनमा बिभिन्न स्थानमा परिक्षण भइरहेको तस्विरहरु सार्वजनिक भएको थियो । 

पुरानै बुलेटको इन्जिनमा ल्याइएको नयाँ ट्रायल्समा फेन्डर्सको साइज भने घटाइएको छ । बाइकलाई अफरोडमैत्री बनाउन लामो ह्यान्डलबार दिइएको छ । 

रोयल इन्फिल्डले बुलेट ट्रायल्स ३५० र बुलेट ट्रायल्स ५०० को नामबाट दुई नयाँ मोडल सार्वजनिक गर्न लागेको हो । 

कम्पनीले सन् १९५० को दशकमा बिक्री गरेको ट्रायल्स बाइकबाट प्रभावित भएर यी दुई मोडललाई बजारमा ल्याउन लागेको हो । 

ट्रायल्स ३५० मा ३४६ सीसीको इन्जिन दिइएको छ जसले जसले १९.८ एचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ भने, ट्रायल्स ५०० मा ४९९ सीसीको इन्जिन दिइएको छ । उक्त इन्जिनले २७.२ एचपी पावर र ४१.३ एनएम टर्क जेनेरेट गर्छ । दुबै इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ ।


Back_to_top