उदयपुरमा यात्रु बस दुर्घटना

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।

सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बस ब्रेक फेल भई सडकबाट करिब ३०/४० फिट तल खसेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको उद्धार टोलि खटिएका छन् । घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Back_to_top