बीवाइडीका गाडी किन्नेलाई एभरेष्ट बैंकले सजिलै कर्जा दिने

काठमाडौं । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंक बीच एक सम्झौंता भएको छ । सम्झौंता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट सजिलै कर्जा पाउने छन् ।

एभरेष्ट बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको जनाएको छ ।

सम्झौंतापछि एभरेष्ट बैंकका डेपुटी जनरल मेनेजर केशबराज जोशीले भने, ‘वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौंताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएका छौं ।’

अहिले बीवाइडीले न्यू जेनेरेशन इ६ र एटो ३ जस्ता एसयूभी र एमपीभी विक्री गर्दै आएको छ । केही दिनअघि मात्रै कम्पनीले एटो ३ को १०० किलोवाट क्षमताको मोटरमा नयाँ भेरियन्टको बुकिङ खुल्ला गरेको छ । बुकिङ खुल्लासँगै एटो ३ प्रति ग्राहकले धेरै चासो देखाएको कम्पनीको भनाई छ ।

एभरेष्ट बैंकसँगको सम्झौंतापछि साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘बीवाइडी सधैं गुणस्तरिय र वातावरणमैत्री भेहिकल ग्राहकलाई दिन प्रतिवद्ध रहेको छ । एभरेष्ट बैंकसँगको सम्झौंताले बीवाइडीका गाडी किन्न चाहने ग्राहकले झन्झट रहित तरिकाले कर्जा सुविधा पाउने छन् ।’

दुई संस्था बीचको सम्झौंता अनुसार बीवाइडीका विद्युतीय साधन किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेपछि ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् ।


Back_to_top