सुपर शोकोको अफर : २० हजार छुटमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल

काठमाडौं । सुपर शोकोको आधिकारिक विक्रेता डिलाइफ स्टाइलले भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी महिनाभरी लागू हुने स्कीममा ग्राहकले २० हजार नगद छुटमा सुपर शोकोका स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार फ्ल्याट छुट पाउने भएका हुन् ।

सुपर शोकोले बजारमा विक्री गर्दै आएको स्कुटर र मोटरसाइकल ६०० वाटदेखि ३२०० वाट क्षमतासम्मका मोटर दिइएको छ । कम्पनीले विक्री गर्ने साधनले एक पटकको फुल चार्जमा ८० देखि २०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने छन् ।

कम्पनीले सीयूएक्स, सिपीएक्स, भीएस वान र सीयू मिनी स्कुटर मोडल विक्री गर्दै आएको छ । साथै, मोटरसाइकलमा टीएसएक्स, टीसी, टीसी म्याक्स, टीसी वन्डर र टीएस स्ट्रीट मोडल विक्री गर्दै आएको छ ।


Back_to_top