कियाको नयाँ मोडल ‘अफरोड एसयूभी’

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा लाइफ स्टाइल प्रोडक्टको रुपमा नयाँ मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले भारतीय प्लान्टबाट नै नयाँ अफरोड एसयूभी उत्पादन गर्ने तयारी थालेको हो ।

कियाको नयाँ अफरोड एसयूभी कम्बस्चन र इलेक्ट्रीक दुबै अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले २०२४ मा यसलाई बजारमा ल्याउनेगरी काम गरिरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

कियाले बजारमा ल्याउने नयाँ एसयूभीले महिन्द्रा थार, मारुती सुजुकी जिम्नी, फोर्सको गुर्खा जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ । बढ्दो लाइफस्टाइल प्रोडक्टको मागलाई ध्यानमा राखेर आउन लागेको नयाँ मोडलको कोड नेम ‘एवाई’ राखेर काम भइरहेको छ ।

भारतीय बजारमा सेल्टोस उत्पादन गरेर प्रबेश गरेको कियाले त्यसपछि सोनेट र कारेन्स जस्ता मोडल भारतमा उत्पादन गरिरहेको छ । सन् २०१९ मा भारतमा सार्वजनिक भएको किया छोटो समयमा नै ५ लाख यूनिट विक्री पुरा गर्ने कम्पनी बनेको थियो ।

यस्तोमा नयाँ अफरोड एसयूभी कस्तो आउला भन्ने धेरैले कौतुहलताका साथ हेरिरहेका छन् । कम्पनीले नयाँ अफरोड एसयूभीमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिएर ल्याउने अनुमान गरिएको छ । अलह्वील ड्राइभ सिस्टमा आउने नयाँ अफरोड एसयूभीको क्याविन फिचर लोडेड भएर आउने अपेक्षा गरिएको छ ।

कियाले भारतको लागि थुप्रै मोडलको तयारी गरिरहेको छ । तर, नयाँ आउने मोडलहरुको बारेमा धेरै डिटेल जानकारीहरु बाहिर ल्याएको छैन । कम्पनीले ‘एवाई’ मोडलको इलेक्ट्रीक भर्सन कस्तो हुनेछ भन्ने बारे केही जानकारी दिएको छैन ।


Back_to_top