बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यू इयर कप’ फुटबल सम्पन्न

काठमाडौं । नेपाल–चीन मैत्रीपूर्ण फुटबल ‘चाइनिज न्यू इयर कप’ सम्पन्न भएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको उक्त फुटबल म्याच शनिबार दशरथ रंगशालामा सम्पन्न भएको हो ।

सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको थियो ।

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयुक्त रुपमा आयोजना गरेका थिए भने रिएको उक्त खेललाई साइमेक्स इंक प्रालिले प्रायोजन गरेको थियो ।


चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्युजिक ब्याण्ड कुटम्बले विभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रम भव्य रुपमा सफल भएको प्रायोजक साइमेक्स इंकले जनाएको छ ।


Back_to_top