बीवाइडीले सार्वजनिक गर्यो पहिलो अफरोड पीकअप सार्क

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको पहिलो अफ्रोड ४ बाई ४ ड्युलक्याब पीकअप ट्रक सार्वजनिक भएको छ ।

कम्पनीले मेक्सिकोमा पीकअप ट्रक सार्क लन्च गरेको हो । बीवाइडीले चीनमा सार्वजनिक नगरी विदेशमा लन्च गरेको सार्क पहिलो मोडल हो । बीवाइडीले यसअघि आफ्ना उत्पादन पहिला चीनमा लन्च गरेर मात्रै अन्य देशमा सार्वजनिक गर्थ्यो ।

मेक्सिकोमा लन्च भएको यो पीकअपको टार्गेट मार्केट अन्तर्राष्ट्रिय बजार रहेको सहजै अनुमान लगाउन सकिन्छ । प्लगइन हाइब्रिड पावरट्रेनमा रहेको सार्कको दुई भेरियन्टहरू जीएल र जीएस रहेको छ । यसको सुरूआती मूल्य ५३ हजार ४०० डलर रहेको छ ।

बीवाइडी सार्क डीएमओ प्लेटफर्ममा आधारित रहेको छ । जसमा ओको अर्थ अफ रोड र डीएम भन्नाले ड्युल मोटर बुझाउने कम्पनीले जनाएको छ । उक्त पीकअपको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ५४५७ एमएम , १९७१ एमएम, १९२५ एमएम छ । यसको ह्वीलबेस भने ३२६० एमएमको रहेको छ ।

बीवाइडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्दछ भने रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ ।

यसका अलावा यो पीकअपमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन समेत रहेको छ । यसको इलेक्ट्रीक र आइसीईको संयुक्त पावर ४३० हर्सपावरको रहेको छ । यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्वीललाई ड्राइभ गर्छ । बीवाइडीका अनुसार यो इन्जिनले कुल यात्रामा २० प्रतिशत मात्र संचालन गर्नेछ ।

यस्तै, बीवाइडी सार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा २९.५८ किलोवाट आवरको बीवाइडीको सिग्नेचर ब्लेड ब्याट्री रहेको छ । जसले १०० किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो पीकअपको कम्बाइन रेन्ज भने ८४० किलोमिटरको रहेको छ ।

बीवाइडी सार्क हाइब्रिड भएकाले १०० किलोमिटरमा ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको भनाइ छ । यो पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रीन एप्पल कारप्ले तथा एण्डरोइड अटोको फिचर समेत रहेको छ ।

अन्य फिचरहरूमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत रहेको छ ।

फोरह्वील ड्राइभ अप्सन रहेको सार्कमा स्याण्ड, मड र स्नो गरी ३ वटा ड्राइभ मोड समेत रहेको छ । त्यस्तै, यसमा इन्डिपेन्डेन्ट क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको छ । यो पीकअपको पेलोड ८३५ केजी तथा टोइङ क्यापासिटी २५०० केजीसम्म रहेको बताइएको छ ।


Back_to_top