बीवाइडीले बनायाे पेट्रोल भर्नभन्दा चार्ज गर्न छिटो हुने चार्जिङ नेटवर्क

काठमाडौं । बीवाइडीले आफ्नो ‘मेगावाट फ्ल्यास चार्चिङ पाइल’ योजना अन्र्तगत ठूलो क्षमातको चार्जिङ नेटवर्क स्थापना गर्न सुरू गरेको छ । यो चार्जिङ पूर्वाधारले विद्युतीय सवारी साधनको चार्जिङ समयलाई उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखेको छ ।

मेगावाट फ्ल्यास चार्चिङ पाइल योजना अन्तर्गतको चार्जिङ नेटकवले पेट्रोल भर्न लाग्ने समयभन्दा कम समयमै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने छ ।

यो चार्जरले १ सेकेण्ड मात्र चार्ज गर्दा २ किलोमिटर रेन्ज दिने ब्याट्री चार्ज गर्न सकिन्छ । अर्थात ५ मिनेटमा ४०० किलोमिटर रेन्ज दिने ब्याट्री फुलचार्ज हुन्छ ।

बीवाइडीले तयार पारेको मेगावाट फ्ल्यास चार्चिङ पाइल विद्युतीय सवारीका लागि विश्वकै पहिलो ठूलो मात्रामा उत्पादन भएको पूर्ण रूपमा लिक्विड कुल्ड मेगावाट स्टरको चार्जिङ टर्मिनल प्रणाली हो ।

यसको मुख्य प्राविधिक विशेषता भनेको ३ वटा हजार सूचकले चिनिन्छ । जसमा १००० भी भोल्टेज, १००० ए करेन्ट र १००० किलोवाट पावर छन् । यो प्रणालीको अधिकतम आउटपुट १३६० किलोवाट सम्म पुग्नेछ ।

यसरी उच्च करेन्टमा चार्ज गर्दा निरन्तर उच्च पावर आउटपुट कायम राख्न र ओभरहिट हुन नदिन चार्जिङ गन र चार्जिङ टर्मिनल दुवैमा लिक्विड कुलिङ प्रविधिको प्रयोग गरिएको छ । यसमा सिंगल गन र डबल गन दुवै प्रविधि समावेस छ ।

बीवाइडीले मेगावाट फ्ल्यास चार्चिङ पाइलमा ‘पिक सेभिङ भ्याली फिलिङ’ अवधारणा पनि ल्याएको छ । यसमा बिजुली खेर जाने समयमा स्टोर गर्ने र पिक समयमा उक्त बिजुलीको प्रयोग गरेर चार्ज गर्न सकिन्छ ।

बीवाडीले तयार पारेको यो चार्जर पारम्परिक चार्जर जस्तो डिजाइन भन्दा निकै फकर डिजाइनमा तयार पारेको छ । यो चार्जर टी आकारको डिजाइनमा रहेको छ । यसमा नयाँ के छ भने यसको चार्जिङ गन माथि झुन्डिएर बसेको हुन्छ ।

यो डिजाइनले केबल छोटो हुने वा भुइमा लत्रिने समस्या समाधान हुनेछ । साथै झुण्डिएर रहेको केवलको तौल कम न्यूनीनकरण हुने भएको कारण प्रयोगकर्ताले सहजै प्रयोग गर्न सक्नेछन् ।


Back_to_top