बीवाइडीले एकै महिनामा बेच्यो सवा ४ लाख कार

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले सन् २०२४ को सेप्टेम्बरमा झण्डै सवा ४ लाख युनिट सवारी साधन बिक्री गरेको  तथ्यांक सार्वजनिक भएकाे छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा ४ लाख १९ हजार ४२६ युनिट भेहिकल बिक्री गरेको हो । बीवाइडीको बिक्री विगत ३ महिना देखि निरन्तर बढिरहेको छ ।

बीवाइडी नेपाली अटो बजारमा इलेक्ट्रीक भेहिकल उत्पादकका रुपमा चिनिए पनि कम्पनीको बिक्रीको ठूलो हिस्सा भने प्लगइन भेहिकल रहेको छ ।

सेप्टेम्बरमा बीवाइडीले २ लाख ५२ हजार ६४७  युनिट पीएचईभी बिक्री गरेको थियो भने १ लाख ६४ हजार ९५६ युनिट बीईभी बिक्री भएको थियो ।  कम्पनीको कुल बिक्रीमा ६०.२३ प्रतिशत हिस्सा पीएचईभीको रहेको छ भने ३९.७६  प्रतिशत ब्याट्री इलेक्ट्रीकको रहेको छ ।

बीवाइडीको पीएचईभी बिक्री सन् २०२३ को सेम्टेम्बरको तुलनामा ८६.१७ प्रतिशत र ब्याट्री ईभी ९.१० प्रतिशतले बढेको छ ।


Back_to_top