होन्डाले भारतमा नयाँ क्रुजर मोटरसाइकल ल्याउने

काठमाडौं । होन्डा इन्डियाले ३०० सीसी क्रुजर मोटरसाइकल सार्वजनिक गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । कम्पनीले ३० सेप्टेम्वरमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने बताइसकेको छ ।

कम्पनीले हालैमात्र एक टिजर सार्वजनिक गरेको छ । उक्त टिजरमा कम्पनीले ३० सेप्टेम्वरमा आफ्नो मिड रेन्ज उत्पादन बजारमा ल्याउने संकेत गरेको छ ।

होन्डा नयाँ प्रडक्टहरु बजारमा ल्याएर एग्रेशिभ बजार बिस्तारमा लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कम्पनीले केही समय अगाडि हर्नेट २.० सार्वजनिक गरेको थियो ।

कम्पनीले ३००/४०० सीसी सेग्मेन्टमा जावा तथा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न नयाँ मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले यो सेग्मेन्टमा रेट्रो डिजाइनमा क्रुज मोटरसाइकल निर्माण गरेको अनुमान सबैले गरेका छन् । भारतीय बजारमा क्रुजर सेग्मेन्टमा जावा र रोयल इन्फिल्डको एकाधिकार रहेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको टिजरका अनुसार कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने छ । पछिल्लो समय भारतीय सडकमा कम्पनीले क्रुजर मोटरसाइकल टेष्टीङ गरिरहेको थियो ।


Back_to_top