काठमाडौं । काठमाडौंको केशरमहल चोकमा कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ३ बजेतिर दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र. ०१-०३० च २३४८ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।
त्यस्तै, सोही कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर घाइते भएका छन् । ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग कार्यरत उनको दुवै खुट्टा र छातीमा चोट लागेको छ । उनको अहिले नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

