काठमाडौं । पोखराको फेवातालमा कार डुब्दा एक जनाको मृत्यु भएको छ ।
गए राति पोखरा महानगरपालिका-६ पामेस्थित गैराको चौतरा नजिकै बीएए १५८२ नम्बरको कार फेवातालमा खस्दा चालक चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । स्याङ्जा फेदीखोला गाउँपालिका-५ घर भएका उनी हाल पोखरा-७ मासबार बस्दै आएका थिए ।
उनलाई सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरी अचेत अवस्थामा गण्डकी मेडिकल कलेज पुर्याएको थियो । लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेका थिए ।
उक्त कार क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकालिएको छ ।
उक्त कार कसरी तालका पुग्यो भन्ने खुलेको छैन ।

