तपाईंको कार पनि हुन सक्छ ह्याक, यसरी बच्नुहोस्

काठमाडौं । कम्प्युटर, स्मार्टफोन लगायत अत्याधुनिक उपकरण ह्याक हुने गरेको हाम्रा लागि नौलो होइन । तर, कार पनि ह्याक हुन सक्छ भन्दा अच्चम लाग्न सक्छ ।

ह्याकरहरूले इन्टरनेट जडित कारको इञ्जिन अन अफ गर्नेदेखि कारको म्युजिक सिष्टम, एसीसम्म समेत परिवर्तन गर्न सक्छन् । आधुनिक कारमा हुने एडभान्स फिचर्सले गर्दा कार ह्याक गर्न सक्छन् ।

तर, हामी सचते भयौँ भने ह्याक हुनबाट बच्न सक्छौँ । आफ्नो कार ह्याक हुनबाट जोगाउन यी उपाय अपनाउनुहोस्

इन्फोटेनमेन्ट सिस्टम अपडेट गर्नुपर्छ

कारमा यात्रा गर्दा अधिकांश मानिसहरूले इन्फोटेनमेन्ट प्रणाली प्रयोग गर्छन् । तर यो प्रविधिलाई अपडेट गर्नु पर्छ भन्ने धेरैलाई थाहा हुँदैन । यसलाई अपडेट नगर्दा ह्याक हुने सम्भावना बढी हुने गद्र्छ । त्यसैले हामीले आफ्नो फोन, ल्यापटप र डेक्सटपहरूलाई समय समयमा अपडेट गरे जस्तै इन्फोटेनमेन्ट सिस्टम पनि समय समयमा अपडेट गर्ने गर्नुपर्छ । यो प्रविधिलाई यसरी अपडेट गर्दा ह्याक हुने सम्भावना कम हुन्छ ।

वायरलेस फिचर्स कम प्रयोग गर्ने

विद्युतीय तथा पेट्रोलियम गाडी कम्पनीहरूले आफ्नो उत्पादनमा विभिन्न फिचर्सहरू समावेश गरेका हुन्छन् । जसमा वायरलेस सुविधाहरू त झनै धेरै हुन्छन् । यस्तो अवस्थामा यदि तपाईं वायरलेस वा रिमोट प्रणाली प्रयोग गर्नुहुन्छ भने तपाईंको कार ह्याक हुन सक्छ ।

किनभने वायरलेस फिचर्स अनलाइनको माध्यमबाट काम गर्ने गदर्छ । यो फिचर्स अनलाइनको माध्यबाट प्रयोग हुने भएकोले ह्याक गर्न सजिलो हुने गर्दछ । त्यसैले यो फिचर्सलाई धेरै भन्दा धेरै कम प्रयोग गर्ने गनुपर्दछ । यसो गर्दा ह्याक हुने सम्भावना थोरै भने पनि कम हुन्छ ।

घरको ठेगाना जीपीएसमा नराख्ने

अहिलेको मोर्डन कारमा जीपीएस प्रविधि प्रयोग भएको हुन्छ । यो प्रविधि नभए पनि धेरै सवारी धनीहरूले कारको सुरक्षाको लागि जीपीएस जडान गर्छन् । जसमा तपाईं हामीले आफ्नो घरको ठेगाना प्रयोग गर्ने गर्दछौँ । यसले गर्दा ह्याकरले सजिलै तपाईं हाम्रो ठेगाना पत्ता लगाउन सक्दछन् । त्यसलै कहिले पनि आफ्नो घरको ठेगाना जीपीएस प्रणलीमा राख्न हुँदैन् ।


Back_to_top