महिन्द्रा एक्सयूभी ४०० को फेसलिफ्ट मोडल आउने

काठमाडौं । केही समयदेखि नेपाली सडकमा परीक्षण भइरहेको महिन्द्रा एक्सयूभी ४०० को फेसलिफ्ट मोडल आउने भएको छ ।

कम्पनीले हालै लन्च गरेको सब कम्प्याक्ट एक्सयूभ ३ एक्सओ को डिजाइन र स्टाइलमा चाँडै एक्सयूभी ४०० को फेसलिफ्ट मोडल ल्याउने भएको हो ।

एक्सयूभ ३ एक्सओ र एक्सयूभी ४०० बाहिरी आवरणमा समान देखिए तापनि यसको लम्बाइ भने ठूलो हुनेछ । साथै इलेक्ट्रीक भेहिकल भएकाले यसमा महिन्द्राको ईभी जनाउने कपर एलिमेन्टसको भने प्रयोग हुनेछ ।

यसको फेसियामा एलइडी डीआरएल लाइट डिजाइन हुनेछ भने १७ इन्चको अलोय ह्वील, रियर कनेक्टेड एलईडी टेललाइट, लेबल २ को एडास सिस्टम, प्यानारोमिक सनरुफ, सफ्ट टच मेटेरियल लगायत रहने छ ।

महिन्द्राले फेसलिफ्ट एक्सयूभी ४०० को हालै मात्र भारतीय टास्पोर्ट डिपार्टमेन्टबाट टाइप अप्रुभल सर्टिफिकेट पाएको छ । उक्त सर्टिफिकेट अनुसार विभिन्न ८ वटा भेरियन्टमा महिन्द्रा एक्सयूभी ४०० ईभीको फेसलिफ्ट लन्च गर्नेछ । जसमा ईसी ३ भेरियन्टमा र ईएल ५ भेरियन्टमा रहनेछ । हाल महिन्द्रा एक्सयूभी ४०० मा ईसीप्रो र ईएलप्रो गरी दुई भेरियन्ट मात्र उपलब्ध रहेको छ ।

महिन्द्राको एक्सयूभी ४०० ईभीको फेसलिफ्ट मोडलमा पहिलाको जस्तै ३४.५ र ३९.४ किलोवाट आवरको एनएमसी ब्याट्रीप्याक रहनेछ । यसमा सुरूको मोडलमै रहेको १५० पीएस पावर दिने ११० किलावाटको मोटर रहेनेछ ।

महिन्द्राले सानो ३४.५ किलोवाट आवरको ब्याट्रीप्याक कोरियन कम्पनी एलजी केमबाट लिएको छ भने ३९.४ किलोवाट आवरमा एलजी केम तथा फरासिसको ब्याट्री प्रयोग गरेको छ ।


Back_to_top