‘सोलिड स्टेट ब्याट्री’मा ठूलो सफलता, ८६% सम्म इनर्जी डेन्सिटी बढ्ने

काठमाडौं । चीनले ‘सोलिड स्टेट ब्याट्री’मा ठूलो सफलता हात पारेको छ ।

दी चाइनिज एकेडेमी अफ साइन्सले पोलिमर मोलिक्युलको प्रयोगबाट स्टेबल करेन्ट लेबल र हाई इनर्जी डेन्सिटी भएको फक्जीबल ब्याट्री बनाउन सफल भएको हो ।

एकेडेमीले यसलाई सोलिड स्टेट लिथियम ब्याट्रीमा ब्रेकथ्रु भएको घोषणा गरेको छ । संस्थाको रिसर्च टिमले विकास गरेको फक्जीबल सोलिड स्टेड ब्याट्रीमा पोलिमर मोलिक्युल, इथोक्सी ग्रुप तथा इलेक्ट्रोमेकानीकल्ली एक्टिभ सट सल्फर चेन आदि रहेको छ ।

यो ब्याट्रीमा प्रयोग भएको नयाँ मेटेरियलले हाइ आयोन ट्रास्पोर्ट क्षमता बढाउनुको साथै आयोन ट्रास्पोर्ट र स्टोरेजमा स्विच गर्न समेत सक्षम बनाउँछ । यो कम्पोजिट क्याथोडमा इन्ट्रीग्रेटेड पोलिमर इलेक्ट्रोलाइटले इनर्जी डेन्सिटी ८६ प्रतिशतसम्म बढाउने संस्थाले बताएको छ । यो प्रविधिको ब्याट्रीको मास प्रडक्सन हुन भने अझै केही समय लाग्नेछ ।

सोलिड स्टेट ब्याट्रीलाई फ्युचर अफ इलेक्ट्रीक मोबिलीटीको रूपमा हेरिएको छ । विशेषतः यसमा इलेक्ट्रोलाइट लिकेजको रिस्क नहुने भएकोले सुरक्षीत ब्याट्रीको रूपमा हेरिएको छ ।

दी चाइनीज एकेडेमी अफ साइन्सेस सन् १९४९ मा स्थापना भएको चाइनाको ठूलो राष्ट्रिय अनुसन्धान संस्था हो । यो संस्थाले लेनोभो लगायतको धेरै व्यवासायिक शाखाहरू रहेको छन् । यो सरकारी रिसर्च सेन्टर भएकोले यसको घोषणालाई धेरैले ध्यानपूर्वक हेरिरहेका छन् ।


Back_to_top