दशैंमा काठमाडौं उपत्यकामा १५३ सवारी दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । दशैंको अवधिभर काठमाडौं उपत्यकामा १५३ सवारी दुर्घटना भएका छन् ।

असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म भएका १५३ सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाका अनुसार ती दुर्घटामा परी १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएका छन् ।


Back_to_top