काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज व्याट्री उत्पादक कम्पनी सीएटीएलले इलेक्ट्रीक पावर जहाज निर्माण गर्ने भएको छ । कम्पनीले ४ हजार किलोग्रामको जहाजलाई अल्ट्रा हाइ इनर्जी डेन्सीटी ब्याट्री प्रयोग गरी टेस्ट फ्लाइट समेत गरिसकेको छ ।
कम्पनीले सन् २०२८ सम्ममा ८ हजार केजीको सिभील एयरक्राफ्ट निर्माण गर्ने योजना सीएटीएलले बनाएको हो । उक्त जहाजको रेन्ज २ हजारदेखि ३ हजार किलोमिटरसम्म हुनेछ ।
सीएटीएलले गत अप्रिलमा संघाईमा भएको अटो शोमा ‘कन्डेन्सेड ब्याट्री’ सार्वजनिक गरेको थियो । उक्त ब्याट्रीको इनर्जी डेन्सीटी ५०० वाटआवर प्रतिकेजीसम्म हुनेछ ।

सीएटीएलले चिनीयाँ कमर्शियल एयरक्राफ्ट उत्पादक कोम्याकसँग सिभिल इलेक्ट्रीक जहाज विकास गर्ने सम्झौता गरिसकको छ । इलेक्ट्रीक भेहिकलको ब्याट्री उत्पादन र बिक्रीमा ३७ प्रतिशत बजार हिस्सा रहेको सीएटीएलले नेक्स्ट जेनेरेशन सोडियम आयोन ब्याट्रीसमेत विकास गरिरहेको छ ।
कम्पनीले ल्याउने नेक्सट जेनेरेशन सोडियम आयोन व्याट्री कम मूल्य, लामो लाइफ र उत्कृष्ट कोल्ड पर्फमेन्स रहने कम्पनीको भनाई छ ।

