काठमाडौं । भारतमा लगातार इलेक्ट्रीक स्कुटरमा आगलागीका घटना बाहिर आएसँगै भारत सरकारले गठन गरेको छानविन समितिले रिपाेर्ट सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको रिपोर्ट अनुसार आगलागी भएका सबै जसो स्कुटरमा ब्याट्री म्यानेजमेन्ट सिस्टममा खराबी भएको र आगलागीका घटना भएको उल्लेख छ ।
सरकारका प्रतिनिधिहरुले सबै इलेक्ट्रीक स्कुटरको ब्याट्रीमा कूलिङ तथा भेन्ट सिस्टम नभएका कारण ब्याट्रीको तापक्रम बढ्न गई आगलागी भएको निष्कर्ष निकालेका छन् ।
इलेक्ट्रीक दुई पाङ्ग्रे निर्माता कम्पनीहरुले मूल्य कटौती गर्नका लागि कुलिङ सिस्टम प्रयोग नगरेको कारण ब्याट्री र न्यूनतम सुरक्षा मापदण्डलाई पालन नगर्दा आगलागीका घटना बढ्दै गएको समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले छिट्टै पुर्ण रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ ।


