काठमाडौं । सीएफमोटोले नाइमा नेपाल मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ ।
सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले जारी मोबिलिटी एक्सपोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र ३०० एनकेमा ५० हजार रुपैयाँ नगद छुट दिने भएको हो ।
नाइमा एक्सपो अवधिभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकलेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजार रुपैयाँमै बिक्री गरिने कम्पनीले जनाएकोछ ।
भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्पनीले राइडरमाझ आह्वान गरेको छ । एक्सपोपछि भने पहिलेकै मूल्य लागू हुनेछ ।
एक्सपोमा कम्पनीले नेकेड स्पोर्टस डिजाइनको ३०० एनके सहित स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको थियो । जसमा, ४५० एसआरको मूल्य भने १३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बिक्रीभन्दा पनि बिक्रीपछिको सेवामा आफ्नो ध्यान केन्द्रित गरिरहेकको यस कम्पनीले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा पनि उत्तिकै बढि जोड दिँदै आएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिएर दक्ष बनाउने अभियानमा समेत कम्पनी उत्तिकै सक्रिय भएर लागिपरेको छ ।
विश्व बजारमै प्रिमियम मोटरसाकलको पहिचान बनाएको सीएफमोटोले स्पोर्ट्स, एड्भेन्चर र न्याकेड सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराएको छ । जसमा, २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल पर्छन् ।

