सीएफमोटोको मोटरसाइकलमा सिधै १ लाख ५ हजार छुट

काठमाडौं । सीएफमोटोको ३०० एनके मोटरसाइकल खरिदमा १ लाख ५ हजार रुपैयाँ नगद छुट पाइने भएको छ ।

नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा उक्त छुट दिएको हो ।

कम्पनीका अनुसार यसअघि ६ लाख ५४ हजार ९०० रुपैयाँ पर्ने सीएफमोटो ३०० एनके अब ५ लाख ४९ हजार ९०० रुपैयाँमै किन्न पाइने छ । नयाँ वर्ष लक्षित यो अफरले नेपाली बजारमा मिड सेग्मेन्ट मोटरसाइकल प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा कम्पनीको छ ।

यसका अलावा ग्राहकले एमटी थण्डरको हेल्मेट र सीएफमोटो लोगो भएको प्रिमियम हुडी समेत निःशुल्क पाउने छन् । साथै, ग्राहकहरूले ५ वर्षसम्मको वारन्टी, एक्सचेन्जमा अतिरिक्त भ्यालुएसन, आकर्षक क्यास डिस्काउन्ट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत पाउनेछन्।

३०० एनकेमा २९२ सीसीको सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले अधिकतम २१.४ पीएस पावर तथा २५.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, डुअल च्यानल एबीएस, राइडिङ मोड, टीएफटी डिस्प्ले, पूरा एलईडी लाइट लगायतका आधुनिक फिचरहरू समावेश छन्।

नेपालमा एड्भेन्चर र नेकेड सेग्मेन्ट विस्तार भइरहेका बेला यस्तो अफरले युवा राइडरहरूलाई विशेष रूपमा आकर्षित गर्ने देखिन्छ।


Back_to_top