काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ क्याम्प संचालन गर्ने भएको छ ।
कम्पनीले यही चैत २७ गतेदेखि ३० गतेसम्म नयाँ वर्ष शुभएक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।
कम्पनीले नँया वर्षको अवसरमा पुरानो गाडी साटेर नयाँ लिन खोज्ने ग्राहकलाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागेको हो ।
उक्त क्याम्पमा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका नयाँ गाडी साट्न सक्नेछन् ।
क्याम्पमा ग्राहकले आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसन जस्ता लाभ पाउने छन् ।
साथै, टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा जारी टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि पाउने छन् ।
ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा मौकाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

