भारतीय गाडीलाई दिइने ‘डे पास’मा कडाइ गर्न सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका गाडीको कारण सीमा क्षेत्रमा यातायात व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेको बताइन् ।

बुधबार संसदको शून्य समयमा बोल्दै उनले तत्कालै त्यसलाई रोक्न र भारतीय गाडीलाई दिँदै आएको ‘डे पास’ वितरणमा कडाई गर्न सरकारसँग अग्राह गरेकी हुन् ।

उनले भनिन्, ‘एक दिनको पास लिएर नेपाल छिर्ने र यतै यात्रु बोक्दै आएका छन् । यसले महँगो भन्सार शुल्क तिरेर गाडी किनेका नेपाली व्यवसायीको काम नै जोखिममा परेको छ ।’

सरकारले त्यसलाई सम्बोधन गर्न गर्नु पर्ने ३ कुरा पनि उनले सुझाएकी छिन् । पहिलो सुझाव एक दिनको लागि दिइएको पास कडाइका साथ अनुगमन गर्ने, दोस्रो सीमा नाकामा पास वितरणमा कडाइ गर्ने र तेस्रो सीमा क्षेत्रमा रहेका नेपाली यातायात व्यवसायीका समस्या सुनुवाइ गर्ने ।


Back_to_top