काठमाडौं । सीजी मोटर्स र टीटी ईभी रिभोलुशनले संयुक्त रुपमा विद्युतीय सवारी (ईभी) चालकहरूलाई प्रविधिक प्रशिक्षण र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।
उक्त कार्यक्रम असार २१ गते (शनिबार) पोखराको सिटी स्क्वायर बैंक्वेटमा सम्पन्न भएको हो ।
‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम, र सुरक्षाबारे सचेत गराइएको थियो । साथै, ईभीको रेन्ज, ब्याट्री लाइफ र मर्मतसम्भार सम्बन्धी सुझावहरू पनि दिइएको थियो ।
उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्य तथा समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की पोखराका प्रमुख इन्स्पेक्टर शोभा पान्डे, सीजी मोटर्सका अफ्टर सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुशनका म्यानेजर श्रीधर पराजुली, गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू सहभागी थिए ।
कार्यक्रममा २०० भन्दा बढी व्यावसायिक चालकहरूको सक्रिय सहभागिता थियो ।

