काठमाडौं । नेपालमा २५० सीसी क्षमताको बाइक धेरै युवाहरूको रोजाईमा पर्ने गरेको पाइन्छ । नेपालको कच्ची बाटो होस् वा हाई-वे सबैखाले बाटोमा २५० सीसी क्षमताको बाइकको प्रदर्शन राम्रो रहेको देखिन्छ ।
हामी नेपाली बजारमा प्रचलित यी २५० सीसी क्षमताको ५ बाइकको विशेषता तथा मूल्यका बारेमा तपाईंलाई जानकारी गराउँछौँ ।
१. यामाहा एफजेड-२५

२४९ सीसीको इञ्जिन क्षमता भएको यो बाइकको मूल्य नेपाली बजारमा तीन लाख ६९ हजार नौ सय रुपैयाँ रहेको छ । यो बाइकले ८००० आरपीएममा २०.९ पीएस पावर तथा ६००० आरपीएममा २० एनएम टर्क जेनेरेट गर्छ ।
पाँच गियरको गियरबक्स दिइएको यो बाइकको टप स्पीड १४१ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर ३७ किलोमिटर माइलेज दिने यो बाइकमा फ्यूल ट्याङ्क क्षमता १४ लिटर रहेको छ ।
२. सीएफ मोटो-२५० एनके

२५० सीसी क्षमताको यो बाइकको चार लाख ६० हजार रुपैयाँ रहेको छ । यो बाइकले ९००० आरपीएममा २७ बीएचपी पावर तथा ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ ।
६ गियरको गियरबक्स दिइएको यो बाइकको प्रतिलिटर २५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । साथै, यो बाइकमा फ्यूल ट्याङ्क क्षमता १३.५ लिटर रहेको छ ।
३. बेनेली टीएनटी-२५

२४९ सीसी क्षमताको बेनेली टीएनटी-२५ बाइकको मूल्य चार लाख ५० हजार रहेको छ । यस बाइकले ९८०० आरपीएममा २८.१६ बीएचपी पावर तथा ८००० आरपीएममा २१.६१ एनएम टर्क जेनेरेट गर्छ ।
६ स्पीड गियरबक्स दिइएको यस बाइकको टप स्पीड १४५ किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ । प्रतिलिटर ३० किलोमिटर माइलेज रहेको यो बाइकमा १७ लिटर इन्धन अट्ने ट्याङ्की दिइएको छ ।
४. केटीएम डूक-२५०

२४८.८ सीसी क्षमताको यो बाइकको पाँच लाख ८९ हजार नौ सय रुपैयाँ रहेको छ । यो बाइकले ९००० आरपीएममा २९.५८ बीएचपी पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।
६ स्पीड गियरबक्स दिइएको केटीएम डूक-२५० बाइकको टप स्पीड १४५ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर २५ किलोमिटर माइलेज दिने यो बाइकमा फ्यूल क्षमता १३.५ लिटर रहेको छ ।
५. होन्डा सीबीआर-२५० आर

२४९.६ सीसी क्षमताको यो बाइकको पाँच लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ । होन्डा सीबीआर-२५० आर बाइकले ८५०० आरपीएममा २६.१५ बीएचपी पावर तथा ७००० आरपीएममा २२.९ एनएम टर्क जेनेरेट गर्छ ।
६ गियरको गियरबक्स दिइएको यो बाइक टप स्पीडमा १३६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ । यो बाइकमा एबीएस सुविधा उपलब्ध रहेको छ । प्रतिलिटर २९ किलोमिटर माइलेज रहेको यो बाइकको फ्यूल क्षमता १३ लिटर रहेको छ ।

