काठमाडौं । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले चिनियाँ ब्राण्ड चेरीको टिगो ४ प्रो मोडल विभिन्न तीन भेरियन्टमा विक्री सुरु गरेको छ । कम्पनीले सुरुवाती मूल्य ४६ लाख २० हजार तोकेर विक्री सुरु गरेको हो ।
टिगो ४ प्रो दुई इन्जिन अप्सनमा नेपाल आएको छ । १.५ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन युक्त म्यानुयल भेरियन्टको मूल्य ४६ लाख २० हजार रुपैयाँ रहेको छ भने यसको सिभीटी भेरियन्टको मूल्य ५२ लाख ५० हजार तोकिएको छ ।
कम्पनीले टप भेरियन्टको रुपमा १.५ लिटर टर्बो सिभीटी मोडल नेपाल ल्याएको छ । यसको मूल्य ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ । नेचुरल एस्पीरेटेड इन्जिनले अधिकतम ११५.५६ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ भने १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले १४८ पीएस पावर र २१० एनएम टर्क प्रदान गर्छ ।
टिगो ४ प्रो मिड साइज क्रसओभरको लम्बाई ४३३८ एमएम, चौडाई १८३० एमएम, उचाई १६४५ एमएम रहेको छ । टीगो ४ मा २६३० एमएमको ह्वीलवेस रहेको छ । यसको ग्राउन्ट क्लियरेन्स २०० एमएम रहेको कम्पनीले जनाएको छ ।

अत्याधुनीक फिचर लोडेड यो एसयूभीमा सफ्ट टच मेटिरियलको प्रयोग गरेर तयार पारिएको ड्यासबोर्ड, पीभीसी सिट कभर, ७ इन्चको डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, १० इन्चको टचस्कृन सहिनको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, पाउन सकिन्छ ।
इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सिभीटी गियरबक्स, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट असिस्ट जस्ता आधाुनिक फिचर यसमा पाउन सकिन्छ ।


