टिगो-४ प्रो आजबाट विक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको टिगो ४ प्रो मोडल आजबाट नेपालमा विक्री सुरु हुने भएको छ । कम्पनीले आज काठमाडौंमा एक कार्यक्रम आयोजनागरी चेरी ब्राण्डको आधिकारीक विक्री सुरु गर्न लागेको हो ।

सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले नेपाल ल्याएको चेरी ब्राण्ड १० वर्षअघि पनि नेपालमा विक्री भएको ब्राण्ड हो । तर, बीचमा रोकिएको ब्राण्डलाई नयाँ तरिकाले बजारमा ल्याइएको छ ।

चेरीले अहिले नेपाल ल्याएको टिगो ४ प्रो मिडसाइजको एसयूभी हो । यसको लम्बाई ४३३८ एमएम, चौडाई १८३० एमएम, उचाई १६४५ एमएम रहेको छ । टीगो ४ मा २६३० एमएमको ह्वीलवेस रहेको छ ।

अत्याधुनिक फिचर लोडेड यो एसयूभीमा सफ्ट टच मेटिरियलको प्रयोग गरेर तयार पारिएको ड्यासबोर्ड, पीभीसी सिट कभर, ७ इन्चको डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, १० इन्चको टचस्कृन सहिनको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, पाउन सकिन्छ ।

इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सिभीटी गियरबक्स, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट असिस्ट जस्ता आधाुनिक फिचर यसमा पाउन सकिन्छ

टिगो फोर एसयूभीमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले १४८ पीएस पावर र २१० एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसको मूल्य ५८ लाख ४९ हजार निर्धारण गरेर विक्री सुरु गर्ने सम्भावना रहेको छ । यसको आधिकारीक पुष्टी भने भएको छैन ।


Back_to_top