काठमाडौं । मोटरहेडले टेकन आर २५० र एमएच १५० को अपग्रेड मोडल नेपाल ल्याएको छ । नयाँ मोटरसाइकलमा युवाहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।
मोटरहेडले थुप्रै मोडल नेपालमा विक्री गर्दै आएको भएपनि पछिल्लो पटक नेपाल आएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण थपेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।
केही समयका लागि मात्र मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख ५ हजार रुपैयाँ कायम गरिएको र छिट्टै नै यसको मूल्य बढ्ने कम्पनीले जानकारी दिएको छ ।
२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १६.९९ पीएस पावर र १७ एनएम टर्क प्रदान गर्छ । यो बाइकको इन्जिनमा सुधार गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।
मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ छ । यो बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ ।
मोटरहेडका मोटरसाइकल नगदमा किन्ने ग्राहकलाई १२ हजार र फाइनान्समा किन्नेलाई ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।


