काठमाडौं । कार निर्माण गरिहेका कम्पनीहरुले अत्याधुनिक सुविधा तथा नयाँ टेक्नोलोजी सहितका कार निर्माण गरिहेका छन् । ‘म्याक्सी कोसी’ नामक एक कम्पनीले बालबालिकालाई कारमा सुरक्षित राख्ने उद्देश्यले एयरब्याग सहितको चाईल्ड सिट निर्माण गरेको छ । इनविल्ड एयर ब्यागको व्यवस्थासहित सिट निर्माण गर्ने म्याक्सी संसारकै पहिलो कम्पनी भएको दाबी गरिएको छ ।
शोल्डर पेड्स सुरक्षा जडान भएकाले दुर्घटनाको समयमा अटोमेटिक कारबाट एयरब्याग बाहिर आउँने हुँदा बालबालिका सुरक्षित रहने कम्पनीले दाबी गरेको छ ।
तत्कालका लागि यसको आधिकारीक विक्री बेलायतमा मात्रै हुने छ ।
यो सिट विशेषत २ फिट देखि ३.५ फिट उचाई भएका बालबालिकाको लागि प्रयोग गर्न सकिन्छ । मेक्सी कारको सिट बनाउने कम्पनी हो भने ‘एयर एक्सिस फिक्स’ मोडेल पोर्टफोलियोको हिस्सा हो ।
यसलाई सिटमा सहज जडान गर्न सकिन्छ । यो प्रणालीलाई माउटेड सेन्सरसंग जोडिएको हुन्छ, जसका कारण दुर्घटनाको समयमा एयरब्याग बाहिर निस्कन्छ । यसमा जडान भएको एयरब्यागमा ०.०५ सेकेन्डमा हावा भरिन्छ ।
यो एयरब्याग बालबालिकाको सुरक्षाको लागि गरिएको सबैभन्दा उत्कृष्ट उत्पादन भएको कम्पनीले दाबी गरेको छ । यसको मूल्य ७८३ डलर करिब ७९ हजार नेपाली रुपैयाँ रहेको छ ।