पाल–भीले ल्याउने भयो उड्ने कार, यसरी तयार भएको थियो डिजाइन (भिडियोसहित)

काठमाडौं । नयाँ प्रविधिको विकाससँगै संसारमा सुविधा सम्पन्न तथा विलासी कारसँगै इलेक्ट्रिक, फास्ट तथा फ्लाईङ कारको निर्माण भैरहेको छ । 

डच कम्पनी पाल–भीले फ्लाईङ कारको निर्माण प्रक्रिया शुरु गरेको जेनेभा मोर्टर शोमा जानकारी दिएको छ । 

कम्पनीले फ्लाईङ कारको मोडल सार्वजनिक गरिसकेको छ भने, सन् २०१९ को अन्तिमसम्ममा बजारमा ल्याउन युरोपियन एभिएसन सेफ्टी एजेन्सी र फेडरल एभिएसन एड्मीष्ट्रेसन (अमेरिका) बाट सुरक्षा पत्र पाइसकेको जनाएको छ । 

यो कारमा दुई जनासम्म सवार गर्न सक्ने छन् । हावामा प्रतिघण्टा न्यूनतम् १ सय ८० किलोमिटरको रफ्तारमा उड्ने छ भने, अधिकतम ५ सय  माइलसम्म पुग्ने कम्पनीको अनुमान रहेको छ ।

पाल–भीले सडकमा भने प्रतिघण्टा १ सय ६० किलोमिटरको रफ्तारमा गुड्ने क्षमता राख्छ । 

यो कार उडाउन पाईलट लाईसेन्स अनिर्वाय हुनुपर्ने छ । टेक क्रन्चका अनुसार यसलाई उडाउने क्रममा कार मोडबाट फ्लाइङ मोडमा लान ५ देखि १० मिनेट लाग्ने छ ।   

पाल–भीको तौल करिब ९ सय ८ केजी रहने कम्पनीले जनाएको छ । 

सुरुवातमा ९० थान कार निर्माण गरिने र यसको मूल्य ६ लाखदेखि ८ लाख डलर अर्थात् ६ करोडदेखि ८ करोड रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा 


Back_to_top