चिनियाँ ईभीमा कर लगाउने निर्णयसँगै विवादमा युरोप

काठमाडौं । चीनमा उत्पादन भएका विद्युतीय सवारीसाधनमा थप कर लगाउने युरोपियन युनियनको निर्णय सदस्य देशहरूकै बीचमा विवादित बनेको छ । युरोपियन युनियनमा आबद्ध धेरै देशहरूले चिनियाँ ईभीमा थप कर लगाउने विषयको विरोध गर्न थालेका छन् ।

चिनियाँ ईभीमा थप करको विषय पेचिलो बन्दै गएसँगै आगामी सेप्टेम्बर २५ तारिकमा यही विषयमा युरोपियन युनियनमा मतदान हुन सक्ने बताइएको छ ।

यसअघि युरोपियन युनियनले चीनमा उत्पादन भएका विद्युतीय साधनमा सरकारले ठूलो रकम अनुदान दिएरको र जुन विषय फेयर ट्रेडको लागि घातक रहेको भन्दै थप कर लगाउने निर्णय गरेको थियो ।

युरोपियन युनियमा विशेषगरी जर्मनी, फ्रान्स जस्ता देशले चिनियाँ उत्पादनमा थप कर लगाउनुपर्ने विषयमा जोड दिएका थिए । त्योसँगै गठित कार्यदलले चिनियाँ सरकारी लगानी रहेको कम्पनीहरूले उत्पादन गरेका कारमा ३६ प्रतिशतसम्म थप कर लगाउने निर्णय गरेको थियो ।

 


Back_to_top