चीनमा देखियो कार निर्माताको अनौठो कारोबार

काठमाडौं । चीनमा कार बिक्री गर्ने कम्पनीहरुको कारोबार अनौठो देखिएको छ । सन् २०२४ मा सर्वाधिक कार बिक्रीबाट रकम जम्मा गर्ने कम्पनी बीवाइडी भएको छ भने दोस्रो मर्सिडिज बेन्ज भएको छ ।

यी दुई कम्पनीको कार बिक्री संख्यामा ठूलो फरक छ । बीवाइडीले ४२ लाख कार बिक्री गर्दा ७ लाख हाराहारी कार बिक्री गरेको छ । यहाँ रोच कुरा के छ भने बीवाइडीले औषत १६ हजार ७०० अमेरिकी डलरमा एउटा कार बिक्री गर्दा मर्सिडिजले ५९ हजार ५०० डलरमा औषत एउटा कार बिक्री गरेको देखिन्छ ।

औषत कार मूल्यको मामलामा सबैभन्दा महंगो ल्याण्ड रोभर देखिएको छ । ल्याण्ड रोभरले बिक्री गरेको कारको औषत मूल्य १ लाख ४० हजार ५०० अमेरिकी डलर छ । सबैभन्दा सस्तो कार बिक्री गर्ने कम्पनीमा चांगान छ । उसको एउटा कारको औषत मूल्य ११ हजार २०० डलर छ ।

स्टार्टअप कम्पनीहरु नियोले औषतमा ४७ हजार २०० डलरका दरले कार बिक्री गर्दा अर्को कम्पनी एलआई अटोले ४२ हजार डलरका दरले कार बिक्री गरेको देखिन्छ ।

चीनमा रेभिन्यूको आधारमा बीवाइडी र मर्सिडिज पछाडि फक्सवागेन, टोयोटा, बीएमडब्लू र टेस्ला जस्ता कम्पनी टप ६ भित्र परेका छन् ।


Back_to_top