चोभारको सुख्खा बन्दरगाह प्रधानमन्त्रीबाट शिलान्यास, स्थानीयवासी आन्दोलनमा

काठमाडौं । सरकारले काठमाडौंको चोभारमा ८ सय रोपनीमा निर्माण गर्ने सुख्खा बन्दरगाहको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेका छन् । नेपाल इन्टर मोडल ट्रान्सपोर्ट विकास समितिले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । 

नेपाल इन्टर मोडल ट्रान्सपोर्ट विकास समितिको नेतृत्वमा हिमाल सिमेन्ट उद्योग रहेको जग्गामा सुख्खा बन्दरगाह बनाउन लागिएको हो । 

सन् २०३९ सालसम्म उपत्यकाबाट हुने व्यापारको आवश्यतालाई पूरा गर्ने सोचले निर्माण गर्न लागिएको सो सुख्खा बन्दरगाह निर्माणपछि त्यसले हाम्रो लागतलाई निकै कम गर्ने नेपाल इन्टर मोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक रबी शंकर सैजुले जानकारी दिए । 

सरकारले चोभारमा बनाउन लागेको उक्त सुख्खा बन्दरगाह काठमाडौं–निजगढ फास्ट ट्रायाक, काठमाडौं–केरुङ सडकमार्ग र काठमाडौं रक्सौल रेलमार्गलाई मध्यनजर गरी बनाउन लागिएको हो । 

१८ महिना भित्र बनाइ सक्ने लक्ष्य लिइएको उक्त बन्दरगाहका लागि विश्व बैंकबाट १ अर्ब २८ करोड रुपैयाँ ऋण लिइएको छ । विश्व बैंकसँगको सम्झौंता अनुसार सन् २०२० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुनुपर्ने हुन्छ । 

२०७१ साल मंसिर ४ गते बसेको मन्त्रीपरिषदको बैठकले सुख्खा बन्दरगाह बनाउनका लागि हिमाल सिमेन्टको जग्गा अपूर्ति मन्त्रालयलाई दिने सहमति गरेको थियो । 

आज शिलान्यासकै दिन स्थानियवासीले भने विरोध प्रदर्शन गरेका छन् । उनिहरुले २०३२ सालमा हिमाल सिमेन्टले अधिग्रहण गर्दा नै आफुहरुले मुअब्जा नपाएको भन्दै तत्काल मुअब्जा दिन माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले प्रधानमनत्रीलाई कालो झन्डा देखाउन खोज्दा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको छ । 


Back_to_top