सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर ललितपुरलाई दियो ३ थान मोटरसाइकल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बीच सिटिजन्स बैंकले समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान  मोटरसाईकल प्रदान गरेको हो ।

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदानगरि समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहाका एफजेड तीन थान मोटरसाइकल हस्तान्तरण गरेको विज्ञप्तीमा उल्लेख छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 


Back_to_top