काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनको सब फोर मिटर एसयूभी सीथ्री ३० लाख रुपैयाँमा नै आउने भएको छ । कम्पनीले यसअघि बेच्दै आएको मूल्यमा भारी कटौती गरेर २९ लाख ९९ हजार रुपैयाँ अफर मूल्य घोषणा गरेको हो ।
सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री एसयूभी ह्याचब्याक कारको भन्दा पनि कम मूल्यमा उपलब्ध गराएको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले जनाएको छ ।
सिट्रोन सीथ्री ह्याचब्याक कारमा कम्पनीले एकैपटक ६ लाख ५१ हजार रुपैयाँ मूल्य घटाएको हो । कम्पनीले मूल्य घटाएर बिक्री गर्दा अन्य सुविधा पनि दिने भएको छ ।
नयाँ मूल्यमा सीथ्री गाडी किन्नेले १ वर्षको निःशुल्क बीमा सुविधा पानि पाउने छन् । निकै आकर्षक डिजाइनमा तयार भएको सीथ्रीमा १० इन्चको ठूलो स्क्रीन पाउन सकिन्छ । इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ओआरभीएम, ड्युल कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ ।
‘हामीले उपभोक्तालाई सुविधा सम्पन्न गाडी उचित मूल्यमा दिन लागेका छौं । यसले युरोपियन गाडी विश्वासै नलाग्ने मूल्यमा चढ्न पाइने अवस्था बनेको छ,’ साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।
सिट्रोन सीथ्रीमा रहेको १.२ लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिनले अधिकतम ८२ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।
निकै सुन्दर देखिने क्रसओभर सीथ्रीमा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ पाउन सकिन्छ ।
मूल्य घटेसँगै मासिक किस्ता पनि कम
पेट्रोलबाट चल्ने गाडी र ईभी दुवैलाई मूल्यको ६० प्रतिशत मात्रै कर्जा सुविधा उपलब्ध हुनेछ । त्यसैले यसको नयाँ मूल्य २९ लाख ९९ को ४० प्रतिशतले हुन आउने ११ लाख ९९ हजार ६०० रुपैयाँ डाउन पेमेन्टबापत सुरूमै जम्मा गर्नुपर्छ ।
बाँकी १७ लाख ९९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिन सकिन्छ । कर्जा लिँदा ब्याजदर अहिले आफ्नो बार्गेनिङ क्षमता अनुसार निर्धारण हुन्छ । औषतमा ७ देखि ८ प्रतिशत ब्याजदरमा सहजै कर्जा पाउने अवस्था छ । यदि, तपाईंले ७ प्रतिशत ब्याजदरमा कर्जा पाउनुभयो भने मासिक २७ लाख १५७ रुपैयाँ तिर्दा पुग्छ । उक्त किस्ता ८४ महिनासम्म तिर्नुपर्छ ।
ईभीभन्दा निकै सस्तो
अहिलेसम्म ईभी र पेट्रोल दुवै अप्सनमा उपलब्ध गाडी पेट्रोलको तुलनामा ईभी निकै सस्तो थियो । सिट्रोन सीथ्री भने ईभीभन्दा पेट्रोल सस्तो भएको छ ।
अहिले ईभीको मूल्य ३९ लाख ५० छ । जुन पेट्रोलभन्दा ९ लाख ५१ हजार महँगो हो ।