नाडा अटो शोको स्टल बाँडफाँट, ३५ सवारी ब्राण्ड सहभागी हुँदै (सूचीसहित)

काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भुकृटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२५’ स्टल बाँडफाँट भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले बिहीबार एक कार्यक्रमका बीच स्टल बाँडफाँट गरेको हो ।

नाडाका अनुसार अटोशोमा ७० बढी स्टल रहने छन् । जसमा १८ वटा चारपाँग्रे, ४ वटा दुईपाँग्रे र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्डको स्टल रहेको नाडाले जनाएको छ ।

त्यस्तै, अटो शोमा लुब्रिकेन्ट, टायर, स्पेयरपार्टस लगायतको ४० वटा स्टल रहने छन् ।

अटो शोमा मुख्य आकर्षणको रुपमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग, इटेरी, क्याफे लगायत रहने नाडाले जनाएको छ ।

यी हुन् नाडा अटो शोमा सहभागी हुने सवारी ब्राण्डहरू

चारपाँग्रे ब्राण्ड : दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङ

दुई पाङग्रे ब्राण्ड : हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा

लाइट कमर्शियल भेहिकल ब्राण्ड : न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासी/किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई/नाभेको, सनलङ


Back_to_top