काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनको इलेक्ट्रीक कार ईसीथ्री एक्स तयार भएको छ । यसअघि बजारमा रहेको ईसीथ्रीको अपडेट मोडलको रूपमा कम्पनीले यसलाई बजारमा ल्याउन लागेको हो ।
भारतमा सिट्रोनले बनाएको पहिलो इलेक्ट्रीक कार ईसीथ्री नेपालमा पनि बिक्री हुँदै आएको मोडल हो । एसयूभी लुक्स, सब फोर मिटर साइज र उत्कृष्ट सस्पेन्सको कारण चर्चा कमाउन सफल ईसीथ्री ठिकठाक बिक्री हुँदै आएको मोडल हो ।
‘सिट्रोनको २.० रणनीति अन्तर्गत’ सिट्रोन इन्डियाले उत्पादन गर्दै आएको सीथ्री एक्स भर्सन पेट्रोल इन्जिनमा पनि उपलब्ध छ । केही दिन भित्रै बजारमा ल्याउने तयारी भइरहेको ईसीथ्री एक्सको इलेक्ट्रीक भर्सनमा केही परिमार्जन पाउन सकिनेछ ।
नयाँ ईसीथ्री एक्स मोडलको कम्पनीले जारी गरेको टिजर अनुसार अगाडि नयाँ एलईडी प्रोजेक्टर हेडल्याम्प र एलईडी फगल्याम्प प्रयोग गरिएको देखिन्छ । कीलेस इन्ट्री, पुस बटन स्टार्ट जस्ता कुरा थप भएको छ ।
नयाँ डिजाइनको अलोय ह्वीलले गाडीको बाहिरी डिजाइनमै पृथकता प्रदान गर्छ । बाहिरभन्दा धेरै परिमार्जन क्याविनमा रहन सक्ने देखिएको छ ।
सिट्रोन ईसीथ्री एक्समा लेदर र्याप स्टेयरिङ ह्वील, प्रिमियम ड्यासबोर्ड, निकै राम्रो देखिने एम्बियन्ट प्रदान गरिएको छ । चालकको सहजताको लागि क्रुज कन्ट्रोल, एलईडी एम्बियन्ट लाइट, यूएसबी र टाइप सी पोर्ट, अटो डिमिङ आइआरभीएम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा प्रदान गर्नेछ । वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले पाउन सकिन्छ । ३६० डिग्री क्यामेरा भएको कार किन्दा भने २५ हजार भारतीय रुपैयाँ अतिरिक्त मूल्य तिर्नुपर्छ ।
ईसीथ्रीलाई सुरक्षाको हिसाबले पनि अब्बल बनाउन खोजिँदैछ । यसमा ६ एयरब्याग, स्पीड सेन्सीङ डोर लक, एपीएस, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छ ।
नयाँ ईसीथ्री एक्समा मोटर र ब्याट्री परिवर्तन हुन्छ वा हुन्न भन्ने जानकारी अहिलेसम्म कम्पनीले बताएको छैन । पुरानो ईसीथ्रीमा भने २९.२ किलोवाट आवरको ब्याट्री र ४० किलोवाटको इलेक्ट्रीक मोटर छ ।


