क्लासिक टेक १६ औं वर्षमा प्रवेश, ल्यायो ‘जतिमा चाहियो, तेतिमा पाइयो’ अफर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औं वर्षमा प्रवेश गरेको छ।

सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको कम्पनी क्लासिक टेकले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले हालसम्म देशको ७४ जिल्लामा एफटीटीएच र वायरलेस विस्तार गरी तीव्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट टीभी (आइपी टीभी) सन्चालन गरी १०४ शाखहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेकको आफ्नै डेटा सर्भर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाइफाइ सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरी नेटवर्क सेवा प्रदान गरिरहेको छ ।

यसैगरी, ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको छ।

कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहकलाई ‘अफर जतिमा चाहियो, तेतिमा पाइयो’ सार्वाजानिक गरेको छ । इन्टरनेट टीभी र वाइफाइ सिक्स राउटर पनि तेती मै पाइने छ। ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाइ छ।


Back_to_top