अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी क्लीबल्यान्ड साइकल वक्र्सले भारतीय बजारमा दुईवटा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले दुई लाख २३ हजार मूल्यको इस–डिलक्स र दुई लाख ४९ हजार मूल्य रहेको मिसिफिस्ट सार्वजनिक गर्ने तयारी गरेको हो ।
यी दुबै मोडलले भारतीय बजारमा रोयल इनफिल्डसँग प्रतिस्पर्धा गर्नेछन् । वक्र्सले सन् २०१८ मा आयोजित अटो एक्स्पोमा मोटरसाइकल निर्माण गर्नेबारे जानकारी दिएको थियो । दुबै मोडलमा सिङ्गल सिलिन्डर इञ्जिनको प्रयोग गरिएको छ ।
मेकानिकल पाट्र्स एकै नाशको भए तापनि दुबैको डिजाइन तथा लुक्स भने भिन्न रहेको छ । दुबै मोटरसाइकलमा लगाइएको २२९ सीसी क्षमताको सिङ्गल सिलिन्डर काब्र्यूरेटेड इञ्जिनले ७००० आरपीएममा १५.४ बीएचपी पावरकासाथै ६००० आरपीएममा १६ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसमा छ स्पीड गियरबक्स लगाइएको छ ।
डिलक्सको तौल १३३ किलोग्राम रहेको छ भने मिसिफिटको तौल १५४ किलोग्राम रहेको छ । यसबाट मिसिफिटको परफर्मेन्स उत्कृष्ट रहेको प्रस्टिन्छ । कम्पनीले दुबै बाइकलाई नक्ड–डाउन फर्ममा भारतमा उतार्ने तयारी गरेको छ । भारतीय बजारमा रोयल इनफिल्डलाई विशेष रुचाइने गरिन्छ । त्यसैले पनि अमेरिकन कम्पनीले आफ्नो बजारहिस्साको लागि बढी नै मेहनत गर्नुपर्ने देखिएको छ ।

