काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधन प्योर ईभीका उत्पादन किन्ने ग्राहकदेखि डिलरसम्मले आक्रोस पोख्न थालेका छन् । कम्पनीले स्कुटर बिक्रीपछि कुनै पनि सेवा नदिएको भन्दै ग्राहकले आक्रोस पोख्न थालेका हुन् ।
विशेषत डिलरहरुले आफुहरुलाई घेर्न थालेको, आफ्नो लगानी बर्वाद भएको र आधिकारीक बिक्रेताले झुक्काएर फसाएको जस्ता कुरा सोसल मिडियामा नै लेख्न थालेका छन्
भारतीय ब्राण्ड प्योर ईभीको उत्पादन ह्वाइट लोटस कम्पनीले विक्री गर्दै आएको छ । प्योर ईभीका उत्पादनको गुणस्तरको विषयमा यसअघि पनि भारतमा थुप्रै घटना भएका थिए । भारतमा सबैभन्दा धेरै आगलागी भएको प्योर ईभीका स्कुटर नेपालमा पनि बिगत ३ वर्षदेखि बिक्री हुँदै आएको छ ।
इलेक्ट्रीक सवारी मनपराउने, चढ्ने र विचार सम्प्रेसण गर्ने सोसल मिडिया पेज इलेक्ट्रीक भेहिकल ग्रुप नेपालमा प्योर ईभीका डिलर बनेका प्रेम भुषाल लेख्छन्, ‘मैले बुटवलमा प्योर ईभीको डिलर लिएर स्कुटर बेचे । पछिल्ला दिनमा आएका स्कुटरमा रहेको ब्याट्रीमा समस्या देखियो । त्यस विषयमा आधिकारीक बिक्रेता ह्वाइट लोटस मोटर्सलाई भन्दा उसले कुनै सुनुवाई गरेको छैन ।’
भुषालले आफुहरुलाई ह्वाइट लोटसका एमडी अशोक खड्गीले डुवाएको उल्लेख गर्दै लेखेका छन्, ‘हामी डुब्यौं, धेरै ग्राहकलाई पनि डुवाए ।

त्यहि विषयमा जनकपुरको आधिकारीक बिक्रेता आशुतोष चिमोरियाले पनि ग्रुपमा आफ्नो पिडा लेखेका छन् । ‘मैले ह्वाइट लोटस मोटर्सको डिलर लिएर ठगाए छु । ३ वर्ष वा ४० हजार किलोमिटर ब्याट्रीमा वारेन्टी दिएर बेच्नु भनेको थियो । अहिले ६ महिनादेखि समस्या आउँदा कम्पनीले वास्ता गर्दैन । ग्राहकले बेइजती र प्रशासनिक धम्की दिन थालेका छन् । अब के गर्ने ?’
भारतमा लगातार प्योर इभीका स्कुटरमा आगलागी भइरहने कारण नेपालमा भित्रिए देखिनै प्योर इभीले राम्रो बजार लिन नसकेको अवस्था छ । योसँगै प्योर इभी नेपालमा बन्द हुने चर्चा चल्न सुरु भएको छ ।
यहि विषयमा हामीले ह्वाइट लोटसका एमडी अशोक खड्गीलाई सोध्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

