कार तथा मोटरसाइकलको कुन-कुन पार्टसमा कोरोना भाइरसको जोखिम

काठमाडौं । सरकारले कोरोना भइरससँग लड्न नयाँ रणनीति निर्माण गरेर स्कुल, कलेज, सिनेमा घर, स्वीमिङ पुल, सभा सम्मेलन र अन्य गतिविधिमा रोक लगाएको छ । योसँगै सरकारले नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन भनेको छ ।

मानिसले एक ठाउँबाट अर्को स्थानमा जान प्रयोग गर्ने सवारीसाधन पब्लिक ट्रान्सपोर्ट, कार तथा मोटरसाइकललाई पनि सेनिजाइज गरेर मात्र प्रयोगगर्न अपिल गरेको छ । यस्तोमा निजी सवारीसाधनको रुपमा प्रयोग हुने मोटरसाइकल र कारलाई कसरी सुरक्षीत राख्न सकिन्छ भन्ने जानकारी सबैको लागि उपयोग हुन सक्छ ।

नियमित सफाई गर्ने

तपाईसँग भएको मोटरसाइकल तथा कारको नियमित रुपमा सफाई गर्नुहोस् । सवारीसाधन मेटल तथा प्लाष्टीकबाट बन्ने भएकोले सजिलै भाइरस टिप्न सक्ने किसिमको हुन्छ । तपाईसँग कार छ भने भाइरसहरु गाडी भित्र एसीको माध्यमबाट पस्न सक्छ ।

कार सफा गर्दा कार्पेट, गियरलिभर, फ्लोर म्याट, स्टेरिङ, इन्फोटेन्टमेन्ट सिस्टम र ड्यासबोर्डलाई राम्रोसँग सेनिटाइज गर्नुहोस् ।
यदि तपाईसँग मोटरसाइकल छ भने ह्याण्डलबार, इन्ट्रुमेन्ट कन्सोल र फ्यूल ट्याङ्की राम्रोसँग सफा गर्नु पर्छ । सवारीसाधन सफा गर्दा अल्कोहल प्रयोग भएको क्लिनर प्रयोग गर्नु पर्छ ।

कार सफगर्दा हेडरेष्ट, झ्यालका सिसा, हेडलाइनर, झ्यालका स्वीच, अडियो कन्ट्रोल, एसी बटक जस्ता पार्टसमा पनि सफा गर्नु पर्छ ।
अर्को महत्वपूर्ण कुरा डोर ह्याण्डलको निकै राम्रोसँग सफा गर्नु पर्छ किन भने हरेक पटक कार चढ्दा र ओर्लदा डोर ह्याण्डलको प्रयोग हुने गर्छ । यसको साथै ह्याण्ड ब्रेक लिभर, ड्यासबार्ड चार्जर प्वइन्टजस्ता भागमा राम्रोसँग सेनिटाइज गर्नु पर्छ ।

यी सामान साथमा बोक्दा राम्रो

कारमा यात्रा गर्नेले कारमा र मोटरसाइकलमा यात्रा गर्नेले साथमा केही सामान राख्दा अपर्भmट अवस्थामा त्यसको प्रयोग गर्न सजिलो हुन्छ । विशेषत ह्याण्ड सेनिटाइजर, मास्क, सनग्लास, टिसु पेपर र पञ्जा जस्ता सामान बोक्नु पर्छ । मोटरसाइकल चलाउँदा पञ्जाको प्रयोग गर्नु उचित हुन्छ ।

कार चलाउँदा होस् वा मोटरसाइकल चलाउँदा हातलाई कान, मुख र आँखामा नलगौँ ।


Back_to_top