क्रसफायरले खोल्यो दुइ मोटरसाइकलको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । क्रसफायर मोटरसाइकलले आफ्ना दुइ मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । लक डाउनको मोडालिटि चेन्न हुने अनुमान भइरहेको बेला कम्पनीले २५० सिरिजका दुई मोटरसाइकलको पुन बुकिङ खुल्ला गरेको हो ।

क्रसफायरले नयाँ मोटरसाइकल एचजे २५० तथा जिआर७ २५० को बुकिङ खुल्ला गरेको छ । नेपालमा बिक्री भइरहेको यी मोटरसाइकल केहि समय अगाडि स्टक क्लियर भएको थियो ।

सोलफुल मोटर प्रालिले नेपाली बजारमा फेरि बुकिङ खुल्ला गरेको क्रसफायर एचजे २५० तथा जिआर७ २५० मा २४९.६ सीसी लिक्विडकुल्ड इन्जिन रहेको छ । जसले अधिकतम ३० बीएच पावर र २३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स जडान भएको छ ।

यी बाइकमा सबै किसिमका लाइटहरु एलइडी प्रयोग भएको छ भने क्यूबीक हेडलाईट र डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

कम्पनीले यसमा अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि फुल्ली डिजिटल्ली एड्जस्टेवल कम्प्रेसन दिएको छ । जसले कठिन बाटोमा पनि आरामदायी यात्रा प्रदान गर्ने छ ।

यसको अगाडिको टायर २१ इन्च र पछाडिको टायार १८ इन्चको रहेको छ । ३३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले एचजे २५० को मूल्य ६ लाख १० हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ भने जिआर७ को डर्ट भर्सनको मूल्य ५ लाख २७ हजार र मोटार्डको ५ लाख ३७ हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top