३ लाख ४८ हजारमा २५० सीसीको मोटरसाइकलको विक्री सुरु

काठमाडौं । नेपाली बजारमा ३ लाख ४८ हजार मूल्यमा नै २५० सीसी क्षमताको मोटरसाइकल विक्री सुरु भएको छ ।

क्रसफायर मोटरसाइकलको विक्रेता क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकल ‘ट्रेकर २५०’ को आधिकारीक विक्री सुरु गरेको हो ।

२४९ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिनमा उपलब्ध ट्रेकर २५० को अधिकतम पावर १८.५ बीएच र टर्क २० न्यूटन मिटर रहेको छ ।

अगाडि टेलिस्कोपिक र पछाडि मोनो शक सस्पेन्स दिइएको यो मोटरसाइकलमा अगाडि १९ र पछाडि १६ इन्चको रिम ह्वील दिइएको छ । अग्लो टायरको कारण यसलाई निकै एड्भेन्चर देख्न सकिन्छ ।

हेलोजिन हेडल्याम्प र टेलल्याम्प दिइएको मोटरसाइकलमा टर्न इन्डिकेटर भने एलइडी प्रयोग गरिएको छ । दुबै चक्कमा डिस्क ब्रेक उपलब्ध मोटरसाइकलको लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम र उचाई १२२० एमएम रहेको छ । यसमा २४० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top