काठमाडौं । भोली शनिबार काभ्रेको धुलिखेलमा क्रसमान्डु नेसनल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
धुलिखेलको हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो डट बाइक रेसिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन हुने आयोजक नेपाल मोटरसाइकल फेडरेसनले जनाएको छ ।
प्रतियोगितामा २५० सीसीसम्मका डट बाइकहरुले भाग लिने छन् । नोभिस र नेसनल क्याटागोरीमा सम्पन्न हुने सो प्रतियोगितामा नोभिस अन्तर्गत ३० जना र नेसनल अन्तर्गत १२ जना प्रतियोगीले भाग लिने फेडरेसनले जनाएको छ ।
रेस बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने छ ।
यसैको माध्यमबाट राइडरहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ढोकासमेत खुल्ने छ ।

