काठमाडौं । टीभीएस दशैंको आशा योजना अन्तर्गत पहिलो हप्ताको बिजेता बनेका अमितजंग सिटौलालाई जगदम्बा मोर्टसले आरआर ३१० हस्तान्त्रण गरेको छ । बिजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद नगर्ने ग्राहकले पनि सहभागी भै आरआर ३१० जित्ने मौका पाउने छन् ।
यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारणमा बिजेता घोषण गरिने छ । टीभीएसका मोटरसाइकल खरिदमा ग्राहकले ९००० नगद र स्कूटरको खरिदमा ७००० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । यी दुई मध्ये कुनै एक स्कीम मात्रै ग्राहकले छनोट गर्न पाउने कम्पनीले जनाएको छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/dashain मा गएर फारम भर्नु पर्ने छ ।
नेपालभर १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स पार्टस डिलरहरुको बलियो सञ्जाल भएको टीभीएसले ११० देखि ३१० सीसीसम्मका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

