काठमाडौं । दीपलले आज उपत्यकामा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गर्न लागेको ‘ई-०७’ एक कन्भर्टेवल एसयूभी हो । यसको पछाडिको भागलाई एक क्लिकको भरमा पीकअप पनि बनाउन सकिन्छ ।
रेगुलर पीकअप ट्रक भन्दा सानो साइजको कार्गो स्पेशमा उपलब्ध ‘ई-०७’ लाई मल्टी पर्पस भेहिकल पनि भन्न सकिन्छ । पाँच जनाले सहजै यात्रा गर्न सक्ने पीकअपको पछाडिको कार्गो स्पेशमा ६०० केजीसम्म सामान बोकेर हिड्न सकिने कम्पनीले जनाएको छ ।
दीपल ई-०७ एक इलेक्ट्रीक गाडी हो । यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ५६६ किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
पाँच मिटर लामो एसयूभीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । साथै, यसमा १९० किलोवाट आवरको रियर ह्वील ड्राइभ मोटर रहेको छ ।


















