नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, २४ सहरमा माग्यो डिलर

काठमाडौं । जापानी टेक्नोलोजीमा भारतमा बनेको इलेक्ट्रीक स्कुटर ओकिनवा नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । 

नेपालको आधिकारिक वितरक फर्चुना अटोमोबाइल प्रालिले ओकिनवाका स्कुटर बिक्री वितरणको लागि देशको प्रमुख सहरहरुमा डिलर आह्वान गरेको हो । 

नेपाली सडकमा सबै तिर गुड्न लाएक रहेको ‘रोड वर्दिनेश टेष्ट’ परिक्षणमा सफल भइसकेको यो स्कुटर अब भने बजारमा बिक्रीको लागि तयार भएको फर्चुना अटोमोवाइलले जानकारी दिएको छ । 

कम्पनीका अनुसार ओकिनवाका इलेक्ट्रीक स्कुटरमा अनिर्वायरुपमा नम्बर प्लेट लगाउनु पर्ने छ भने स्कुटर खरिद गर्न बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्नुको साथै स्कुटरको बीमा पनि अनिवार्य गर्नुपर्ने जनाएको छ । 

ओकिनवाले भारतीय बजारमा लामो समयदेखि आफ्नाे उत्पादनको बिक्री गर्दै आएको छ । भारतमा ओकिनवाको प्रेज, राइज, आइ प्रेज, राइज प्लस जस्ता स्कुटर उपलब्ध छन् ।

नेपाली बजारका लागि, सुरुमा इलेक्ट्रीक स्कुटर ओकिनावा प्रेज ल्याइने कम्पनीले जनाएको छ । यसको मूल्य  २ लाख ४५ हजार रुपैयाँ हाराहारीमा पर्न आउने जनाइएको छ । यो स्कुटर दशै र तिहारको बीचबाट बजारमा बिक्री सुरु हुने अनुमान गरिएको छ । 


Back_to_top