डिएफएसकेको मनसुन अफरः १० लाख डाउन पेमेन्ट र ३ लाख नगद छुट

काठमाडौं । डिएफएसकेको लागि नेपालको आधिकारीक विक्रेता कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी किन्न सक्ने छन् ।

कम्पनी विक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आई अटोमा स्कीम संचालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउन पेमेन्ट गरेर गाडी किन्न सक्ने छन् भने आई अटो किन्न चाहनेले १५ लाख रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ ।

कुजु नेपाल प्रालिले ग्लोरी ५६० मा ३ लाख नगद छुट, ५० हजार एक्सचेन्ज वोनस, एक वर्षको वार्षिक कर दिने घोषणा गरेको छ । डिएफएसके आईअटोमा भने ग्राहकले ३ लाख ५० हजार नगद छुट पाउने छन् ।

यस्तो छ ग्लोरी ५६०

ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ । ग्लोरी ५६० को मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ ग्लोरी आई अटो

डिएफएसके ग्लोरी आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । यसमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ ।

१८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइट, दुईवटा एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफ रेलले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ ।

ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्स दिइएको छ ।


Back_to_top