मोटरसाइकल र स्कुटरको मूल्य बढाउँदै यामाहा, कति बढ्ला मूल्य

काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले मोटरसाइकल तथा स्कुटरको मूल्य चाँडै बढाउने घोषणा गरेको छ । कम्पनीले केही दिन भित्रै मूल्य बढाउने भन्दै पुरानो मूल्यमा मोटरसाइकल किन्ने अवसरको क्याम्पेन सुरु गरेको हो ।

‘विट दि प्राइस हाइक विथ डबल सेभिङ’ नामको स्कीम संचालनमा ल्याएको कम्पनीले अहिले मोटरसायकल तथा स्कुटर किन्ने ग्राहकलाई ८ हजारसम्म नगद छुट दिइरहेको छ ।

साथै, डाउन पेमेन्ट गर्न रकम अभाव हुने ग्राहकलाई कम डाउन पेमेन्टदेखि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरसम्मको स्कीम उपलब्ध गराएको छ ।

कम्पनी आगामी साउन महिनाबाट आफ्ना मोटरसाइकल र स्कुटरको मूल्यमा ५ देखि ८ हजारसम्मले बढाउने तयारी गरिरहेको छ ।

यामाहले अहिले बजारमा रेजेड आर र फसिनो स्कुटर तथा एफजेड सिरिज, एमटी १५, आर १५ भि थ्री, एसजेड आरआर, सलुटो, एक्सटीजेड जस्ता मोडल विक्री गर्दै आएको छ ।

यस्तो छ अहिलेको मूल्यसूची


Back_to_top